काठमाडौँ ।
कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिने भएका छन्। साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थापाले २० दिनमा विश्वासको मत लिन लागेका हुन्।
नेपाली कांग्रेसका थापालाई गठबन्धन दलको साथ छ। उनले यही भदौ १४ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता छ।
विश्वासको मत लिन थापाले शुक्रबार कोसी प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराएका थिए। सभा सञ्चालन गर्न उपसभामुख अनुपस्थित भए के गर्ने भन्नेमा गठबन्धनमा अन्योल देखिएको छ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। गठबन्धनसँग अहिले बहुमत अर्थात ४७ मत छ तर प्रमुख प्रतिपक्ष दल अनुपस्थित भएर बैठकको अध्यक्षता पनि सत्ता पक्षले नै गर्नुपरेको अवस्थामा मुख्यमन्त्री थापाले विश्वासको मत पाउन कठिन छ।
प्रतिक्रिया