काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ललिता निवास जग्गा प्रकरणमा सीआईबीलाई निर्णयकर्ता सबैको बयानविनाको अपूरो फाइल नबुझाउन ध्यानाकर्षण गराएका छन्।
सामाजिक सञ्जालमार्फत् ललिता निवास प्रकरणमा कसैलाई बयानमा बोलाउने र कसैलाई नबोलाउने विषय गडबडीको विषय भएको उनको आशंका छन्।
लामिछानेले फेसबुकमा लेखेका छन्, ‘सीआईबीले गैरकानूनी आदेश नसुनोस्, नमानोस्। ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान नै विनाको अपूरो अधूरो फाइल पेश नगरोस्। गृहमन्त्रीज्यु, केही त गडबड छ‘ ठूलै गडबड छ।’
प्रतिक्रिया