काँग्रेस विशेष महाधिवेशनमा ६२ प्रतिशत प्रतिनिधि सहभागी, अझै बढ्ने

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेको जनाइएको छ । आइतबार विशेष महाधिवेशनको उद्घाटन समारोहमा महामन्त्री गगन थापाले सम्बोधन गरिसकेपछि त्यस बेलासम्म उपस्थित भइसकेका प्रतिनिधिहरुको प्रतिशत ६२ भन्दा बढी भएको बताइएको हो । पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले यसको आह्वान गरेका थिए…