हृदयघातका कारण ४३ वर्षको उमेरमा गायक प्रशान्त तामाङको निधन

हृदयघातका कारण ४३ वर्षको उमेरमा गायक प्रशान्त तामाङको निधन



नयाँदिल्ली।

नेपाली मूलका गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन भएको छ । उनको ४३ वर्षको उमेरमा आज दिल्लीमा निधन भएको हो । तामाङ भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता हुन् । उनले केही नेपाली चलचित्रमा अभिनय पनि गरेका छन् ।

तामाङका निकट मित्र रहेका राजेश घतानीका अनुसार कार्डियाक अरेस्टले उनको निधन भएको हो । तामाङकी श्रीमती र एक छोरी छन् । उनले हालै मात्र पाताल लोक नामक सिरिजमा भिलेनको काम गरेका थिए । उनले गोर्खा पल्टन लगायत तीनवटा नेपाली चलचित्रमा समेत अभिनय गरेका थिए । गायक प्रशान्त तामाङलाई ईन्डियन आईडलमा जिताउनका लागि नेपालका साथै विश्वभरीका नेपालीमूलका व्यक्तिहरुले भोट गरेका थिए ।