काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले पार्टी नेतृत्वको कार्यशैलीप्रति प्रश्न उठाउँदै पुनः ध्यानाकर्षण गराएका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर नेता देवराज चालिसे नेतृत्वको टोलीले विशेष महाधिवेशनको वैधानिकता र बाध्यकारी व्यवस्थाबारे नेतृत्वको ध्यानाकर्षण गराएको हो। तर, संस्थापनले भने यसअघि नै पार्टीभित्र आन्तरिक सर्कुलर गरेर विशेष महाधिवेशनको औचित्य सकिएको बताइसकेको छ । चिठ्ठी बुझाउन…