मेलबर्न, अष्ट्रेलिया । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्ना अष्ट्रेलियाली समकक्षी मिल्टन डिकसँग भेटवार्ता गरेका छन्। अष्ट्रेलियाको संसद्मा आज भएको भेटमा उनीहरुबीच नेपाल–अष्ट्रेलिया विद्यमान संरचनाका साथै द्विपक्षीय भ्रमण आदानप्रदानबारे छलफल भएको क्याबेरास्थित नेपाली राजदूतावासले जनाएको छ। उनीहरुबीच दुई देशबीचको समबन्ध सुमधुर रहेकामा हर्ष प्रकट गरे। दुवै देशका सभाध्यक्षले संसदीय अभ्यास र सङ्घीय संसद्का गतिविधिबारे पनि छलफल…