काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एकै दिन सर्वाधिक भौतिक उपस्थितिमा विद्यार्थीहरूलाई दीक्षित गरेको विश्व कीर्तिमान बनाएको छ। आज दशरथ रंगशालामा आयोजित त्रिविको ४९ औं दिक्षान्त समारोहमा २६ हजारभन्दा बढी दीक्षित भएका छन्। त्रिविले विश्व कीर्तिमान बनाउने दाबीसहित गिनिज बुक अफ वल्र्ड रेकर्डस्का प्रतिनिधिलाई काठमाडौंमा बोलाएको थियो। सोहीअनुसार अफिसियल वल्र्ड रेकर्ड एसोसिएसन (ओडब्लुआर) का प्रतिनिधिले प्रधानमन्त्री पुष्पकमल…