न्युजिल्याण्डका प्रधानमन्त्री अस्ट्रेलिया आउँदै

न्युजिल्याण्डका प्रधानमन्त्री अस्ट्रेलिया आउँदै


मेलबर्न अष्ट्रेलिया । न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले सोमबार अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजसँग भेट्न बुधबार सिड्नी आउने बताएका छन्। “गठबन्धन सरकारले सम्बन्धमा लगानी गर्न, समृद्धि बढाउन र हाम्रो सुरक्षा प्रवर्द्धन गर्नका लागि नयाँ तत्परता र तीव्रताका साथ अन्तर्राष्ट्रियस्तरमा काम गर्नेछ”, उनले भने।

उनका अनुसार अस्ट्रेलिया न्युजिल्यान्डको सबैभन्दा महत्त्वपूर्ण साझेदार मुलुक हो। दुई मुलुक गहिरोसँग जोडिएको र जनता–जनताबीचको सम्बन्ध बलियो भएको उनले बताए।

“हाम्रा दुवै अर्थतन्त्र एकापसमा गहिरोसँग जोडिएका छन् र हामीले तस्मानका दुवै किनारमा व्यापारिक वातावरण सुधार गर्न अधिक ध्यान दिनुपर्ने आवश्यकता छ”, उनले भने। उनका अनुसार सिड्नीमा उनले केही प्रमुख लगानीकर्ताहरूसँग भेट गर्नेछन्। सिड्नीमा हुने छलफलले ट्रान्स–तस्मान सम्बन्धका सबै मानिसलाई फाइदा पुग्ने उनले बताए।