प्रधानमन्त्री प्रचण्ड आज यूएई जाँदै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार संयुक्त अरब इमिरेट्स (यूएई)तर्फ प्रस्थान गर्ने भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप–२८) को २८औँ सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड बुधबार यूएई प्रस्थान गर्ने भएका हुन्। प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल आज बेलुका साढे ९ बजेको फ्लाइटमार्फत युएई प्रस्थान गर्ने प्रधानमन्त्री प्रचण्डका सञ्चारविज्ञ मनहरी तिमिल्सिनाले…