बाजुरा केन्द्रबिन्दु भएर फेरि भूकम्प

बाजुरा केन्द्रबिन्दु भएर फेरि भूकम्प


काठमाडौँ ।

बाजुराको बुढीनन्दा नगरपालिकाको कोल्टी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। बाजुराको कोल्टी आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान ६ बजेर ५२ मिनेटमा ३ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

बाजुरामा गत वर्षको माघ १० गते ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो। यस्तै कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प जाँदा १५४ जनाको मृत्यु भएको थियो।