काठमाडौँ । अर्जेन्टिनाले कोपा अमेरिकामा विजयी शुरुवात गरेको छ। आजदेखि शुरु भएको ४८औं कोपा अमेरिकाको उद्घाटन खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो। अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र लाउतारो मार्टिनेजले एक–एक गोल गरेका थिए। पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा अर्जेन्टिनाले दुवै गोल दोस्रो हाफमा गरेको थियो। अल्भारेजले…