तास्मानिया अष्ट्रेलिया ।
एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्विस तास्मानिया शाखाले ‘एजुकेसन एण्ड माइग्रेसन फेयर’को आयोजना गरेको छ। पछिल्लो समय अष्ट्रेलियाको सरकारले परिवर्तन गरेको नियमका बारेमा जानकारी दिने उद्देश्यका साथ एक्सपर्टले यस्तो कार्यक्रम गर्न लागेको हो।
सेप्टेम्बर ७ तारिख मुनाह आर्ट सेन्टरमा हुने कार्यक्रममा सेन्ट्रल अष्ट्रेलियन कलेज तास्मानिया, युनिभर्सिटी अफ तास्मानिया, ओपल कलेज, एआइबीटी कलेज र ब्राइटन कलेज लगायतको सहभागिता रहने एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्विस तास्मानियाका निर्देशक रसिक श्रेष्ठले जानकारी दिए। तास्मानियाको नोमिनेशन, ट्रेनिङ भिजा ४०७, इन्फ्लो स्पोन्सर भिजा ४८२ र टेम्पोरेरी भिजा सम्बन्धी तास्मानियामा रहेको रजिस्टर माइग्रेन्ट एजेन्टबाट जानकारी दिइने निर्देशक श्रेष्ठले बताए।
सहभागी हुने सबै विद्यार्थीलाई एक्सपर्ट एजुकेशनको सर्विस फिमा २० प्रतिशत छुट र आकर्षक गिफ्ट ह्याम्पर पनि रहेको केबीसीलाई उनले बताए। कार्यक्रममा सहभागी हुन रजिस्टर गर्नु पर्ने र रजिस्ट गर्दा कुनै पनि शुल्क नलाग्ने निर्देशक श्रेष्ठको भनाइ छ। एक्सपर्ट तास्मानियाले गर्न लागेको एजुकेसन एण्ड माइग्रेसन फियर कार्यक्रम तास्मानियामा भरखरै आएका नयाँ विद्यार्थीलाई उपलब्धि मूलक हुने हुँदा सबै विद्यार्थी उपस्थित भइदिन निर्देशक श्रेष्ठले आग्रह गरेका छन्।
एक्सपर्टले १६ वटा मुलुकका ५० भन्दा बढी शाखाबाट शैक्षिक परामर्श तथा अध्यागमन सेवा उपलब्ध गराउँदै आएको छ।
प्रतिक्रिया