सेन्ट्रल अष्ट्रेलियन कलेजको चौथो शाखा ब्रिजवेनमा खुल्यो

सेन्ट्रल अष्ट्रेलियन कलेजको चौथो शाखा ब्रिजवेनमा खुल्यो


ब्रिजवेन, अष्ट्रेलिया ।

सेन्ट्रल अष्ट्रेलियन कलेज (सिएसी)ले नयाँ शाखा विस्तार गरेको छ। भिक्टोरियाको मेलबर्नमा मुख्य कार्यालय रहेको कलेजको चौथो शाखा ब्रिजवेनमा एक समारोहका बिच उद्घाटन गरिएको हो। ब्रिजवेनको ३४५ एन स्टेटमा रहेको यस शाखाबाट पनि सेन्ट्रल अष्ट्रेलियन कलेजका अन्य तीन कलेजमा पढाई हुने विषयहरु अटोमोटिभ, सिभिल कन्ट्रक्सन, कुकरी, बिजनेस, कम्युनिटि सर्विस, इन्डिभिजयल सपोर्ट र एलिकोसका कक्षाहरु पनि संचालन गरिने क्यम्पस प्रमुख विवेक तामाङले बताएका छन्।

सन् २०१० मा मेलबर्नको वेस्टस्ट्रेमा स्थापना भएको सेन्ट्रल अष्ट्रेलियन कलेजले मेलबर्नकै सिभिडी र तास्मानियाको होबार्टमा आफ्नो शाखा बिस्तार गरिसकेको छ। उद्घाटन कार्यक्रममा ब्रिजवेनमा रहेका शैक्षिक परामर्श दाता, स्थानीय व्यवसायी र सामाजिक अगुवाहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै सेन्ट्रल अष्ट्रेलियन कलेजका सिनियर मार्केटिङ अफिसर खगेन्द्र सत्यालले आउने चुनौतीलाई अवसरमा परिणत गर्दै अगाडी बढ्न पर्ने बताए। यस्तै सिनियर म्यानेजर तथा सल्लाहकार एक्सले सिएसीको पञ्च वर्षीय योजनामा रहेर आफूले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयमा जोड दिने बताए। स्थानीय शैशिक परापर्सदाताहरुले सुविधा सम्पन्न र राम्रो छविको रूपमा स्थापना भएको सेन्ट्रल अष्ट्रेलियन कलेज ब्रिजवेनमा पनि संचालनमा आउनु निकै खुसीको कुरा भएको र सिएसीसँग व्यवसायीक रूपमा अगाडी बढ्न आतुर रहेको बताएका छन्।

सिएसीमा अहिले विभिन्न १५ देशका अन्तर्राष्ट्रिय विद्यार्थी मुख्य क्याम्पस लगायत दुई शाखा क्याम्पस अध्ययन गरिहरेका छन्।

सिएसीको आधुनिक कक्षाकोठा, पुस्तकालय स्रोतहरू, विद्यार्थी मनोरञ्जन क्षेत्रहरू, कार्यशाला सुविधाहरू र कम्प्युटर प्रयोगशालाहरू इन्टरनेट र इमेलमा निःशुल्क पहुँचको साथ सुसज्जित छ। तपाईँको अध्ययनको क्षेत्र जुनसुकै होस्, सिएसीले तपाईँको शिक्षालाई समर्थन गर्न आवश्यक पर्ने कुनै पनि कुरामा मद्दत गर्न तयार छ।

सिएसी कलेजका बारेमा थप जानकारी चाहिएमा यहाँ क्लिक गर्नुहोस्