काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले मुलुकलाई हिन्दु बनाउन आफूहरु लागिरहेको बताएका छन्। विश्व हिन्दु महासंघको स्थापना दिवसको अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले एक दिन मुलुक हिन्दु हुने विश्वास व्यक्त गर्दै सके आफूहरुले रामराज्य पनि दिने बताए। उनले भने, ‘हामी यो मुलुकलाई हिन्दु बनाउन कस्सिएका छौं। एक दिन यो मुलुक हिन्दु…