गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा न्यायाधीशको राय बाझियो

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा न्यायाधीशको राय बाझियो


काठमाडौं । गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतका दुई न्यायाधीशको राय बाझिएको छ। सर्वोच्चका न्यायाधशद्वय सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको इजलासमा सुनुवाइ भएको थियो।

दुई सदस्यीय इजलासमा राय बाझिएकाले अब तीन वा सो भन्दाबढी न्यायाधीश सम्मिलित इजलासमा सुनुवाइ हुने सर्वोच्चका सह रजिष्टार वेदप्रसाद उप्रेतीले जानकारी दिए।

सारंगा सुवेदीले गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने (राजीनामा) परमादेश गरेकी छन् भने सपना मल्ल प्रधानले गृहमन्त्री विरुद्ध निष्पक्ष अनुसन्धान हुनुपर्ने परमादेश गरेकी छन् ।

अधिवक्ता अनुपम भट्टराईले जेठ १४ गते गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगी गरेको आरोप लगाउँदै रिट दायर गरेका थिए।