एकीकृत समाजवादीका मन्त्रीले राजीनामा नदिने

एकीकृत समाजवादीका मन्त्रीले राजीनामा नदिने


काठमाडौं ।

नेकपा एकीकृत समाजवादी तत्काल सरकारबाट नबाहिरिने भएको छ। नयाँ सत्ता समिकरण बनेपछि सरकारमा सहभागी अन्य दलहरु बाहिरिएपनि समाजवादीका मन्त्रीले भने तत्काल राजिनामा नदिने भएका हुन्।

प्रचण्ड सरकारमा समाजवादीका दुई मन्त्री छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने बरु विश्वासको मतका लागि प्रयास गर्ने बताएपछि समाजवादीका मन्त्रीले सरकारलाई साथ दिने भएका हुन्।

समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले प्रधानमन्त्रीप्रति अझै विश्वासको मत कायमै रहेकाले पार्टीका मन्त्रीहरुले राजीनामा नदिने बताए।