अल्पमतमा परेको सरकारले दीर्घकालीन असर पर्ने काम गर्न मिल्दैन् : एमाले

अल्पमतमा परेको सरकारले दीर्घकालीन असर पर्ने काम गर्न मिल्दैन् : एमाले


काठमाडौं ।

एमालेले वर्तमान सरकारलाई दीर्घकालीन असर पर्ने कुनैपनि काम नगर्न नगराउन ध्यानाकर्षण गराएको छ । एमालेले विश्वासको मत फिर्ता लिएपछि सरकार अल्पमतमा परेको हुँदा दीर्घकालीन असर पर्ने कुनैपनि काम नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गरिएको जनाएको हो । विहीबार एमाले महासचिव शंकर पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै सरकारलाई ध्यानाकर्षण गराएको हो ।

त्यस्तै, सरकारले विश्वासको मत पाउने अवस्था नरहेको हुँदा राष्ट्रिय सहमतिको सरकार गठन प्रक्रियामा सहभागी हुन र सहयोग गर्न प्रधानमन्त्री दाहाललाई एमालेले पुनः अनुरोध गरेको छ ।

संसद्का दुई ठूला दल एमाले र नेपाली कांग्रेसबीच एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न यही असार १७ गते समझदारी भई असार १९ गते एमालेले वर्तमान सरकारको समर्थन फिर्ता लिएको थियो ।