बैशाख १५, बझाङ । बझाङ प्रदेशसभा १ मा आज भएको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको छ। बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा सो प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए। उनका अनुसार जिल्लामा ६१ हजार सात सय ४८ मतदाता छन्।…