काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले आज राजीनामा दिने भएका छन्। बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर रास्वपाका मन्त्रीहरुले राजीनामा बुझाउन लागेका हुन्।
सरकारमा रास्वपाका तर्फबाट सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षामन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन्।
तर रास्वपाले कांग्रेस–एमाले गठबन्धन सरकारमा भने सहभागी नहुने निर्णय गरिसकेको छ। सरकारमा सहभागी अर्को दल एमालेले बुधबार नै प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाइसकेको छ।
प्रतिक्रिया