काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रवक्तामा जगदीश खरेल मनोनीत भएका छन्। उनी सुशीला कार्की नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री थिए।
ललितपुर क्षेत्र नं। २ बाट प्रतिनिधिसभामा निर्वाचित खरेल चुनावअघि रास्वपामा प्रवेश गरेका थिए।
शुक्रबार बसेको केन्द्रीय बैठकमा सभापति रवि लामिछानेले प्रवक्तामा खरेलसँगै कोषाध्यक्षमा मनोहर प्रधान, सहकोषाध्यक्ष बसुमाया तामाङ, सहप्रवक्ता सरेन्द्र चौधरी र डा। नमिता यादवलाई मनोनीत गर्ने प्रस्ताव राखेका थिए।
सभापतिको उक्त प्रस्तावलाई केन्द्रीय समिति बैठकले अनुमोदन गरेको हो।
यस्तै शुक्रबार बसेको केन्द्रीय समिति बैठकले शिशिर खनालदेखि मनिष झासम्मलाई सचिवालय सदस्यमा थप गर्ने निर्णय गरेको हो।
जसमा पुरुषोत्तम यादव, शिशिर खनाल, गणेश पराजुली, कबिन्द्र बुर्लाकोटी, मनिष झा, विराजभक्त श्रेष्ठ, लीमा अधिकारी, दीपकराज बोहोरा, समीक्षा बास्कोटा, इन्दिरा राना, शिव नेपाली, जगदीश खरेल (ललितपुर) र मनोहर प्रधान छन्।
साउन १३ गते बसेको केन्द्रीय समिति बैठकले ५ जना सचिवालय सदस्य बनाएको थियो। रास्वपाको विधानअनुसार सभापति रवि लामिछानेले बढीमा ३३ जनालाई सचिवालय सदस्य बनाउन सक्ने प्रावधान छ।

प्रतिक्रिया