काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्ता सार्थक र सकारात्मक भएको बताएका छन् । बिहीबार बैंककमा भएको भेटवार्तापछि ट्वीटमा लेख्दै ओलीले यस्तो बताएका हुन् । मोदीसँग आत्मीय र सौहार्दपूर्ण भेट भएको प्रधानमन्त्रीको भनाइ छ। ओलीले आत्मीय भेटवार्ताप्रति खुसी व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले एक्समा लेखेका छन्, ‘‘मेरा प्रिय मित्र, प्रधानमन्त्री…