लहरो तान्दै पहरो गर्जाउने अख्तियारको दाउ, पक्राउ परे क्यान डीजी प्रदिप अधिकारी

लहरो तान्दै पहरो गर्जाउने अख्तियारको दाउ, पक्राउ परे क्यान डीजी प्रदिप अधिकारी



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०का महानिर्देशक प्रदीप अधिकारीसहित ६ जना र एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नलिञ्चोक हेलिप्याड निर्माणमा अनियमितता र बदनियतपूर्ण रूपमा कानुन उल्लंघन भएको ठहर गर्दै बुधबार आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

आयोगले दायर गरेको आरोपपत्र अनुसार हेलिप्याड निर्माणमा अनिवार्य गरिनुपर्ने सम्भाव्यता अध्ययन नै नगरेको, सरकारी स्वीकृति नलिएको, खरिद गुरुयोजना नभएको, अनुभवविहीन परामर्शदाता मिलाएर कार्य अघि बढाइएको उल्लेख छ । सो प्रक्रियाबाट १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ ७७ पैसा बराबरको सार्वजनिक सम्पत्ति हानिनोक्सानी भएको आयोगको दाबी छ ।

अख्तियारले अधिकारी र तत्कालीन निर्देशक मुरारी भण्डारीसहित नलविक्रम थापा, समृद्धि श्रेष्ठ, विजय थापा लगायतलाई मुद्दा दायर गरेको हो ।
अहिले १३ करोडको मुद्दामा उनलाई पक्राउ गरेपनि मुलुकमा निर्माण भएका दुई अन्तर्राष्ट्रिय विमानस्थलहरुको निर्माणमा भएको अनियमिततालाई पनि यससँगै जोड्दै लैजाने तयारी अख्तियारको भएको बुझिएको छ । लहरो तान्दै पहरो नै गर्जाउने तयारीमा लागेको अख्तियारले अधिकारीविरुद्ध तयार पारेको अभियोगपत्र यस्तो छ-