नेपाल प्रहरीका पूर्वएआईजी विश्वराज पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अन्याय भएको बताएका छन् । आज पार्टी प्रवेश गरेका पोखरेलले रविको देश बनाउने हुटहुटी बुझेर पार्टी प्रवेश गरेको बताए ।
उनले जेन–जी आन्दोलनको बेला ठूला दलका नेताहरू सबै दूलो पसेको बेला लामिछानेलाई नख्खु कारागारबाट सडकमा ल्याएका जनताले काँधमा बोकेको भन्दै उनीप्रति अन्य जनता जस्तै ठूलो विश्वास देखेरै पार्टीमा आएको बताए ।
पोखरेलले २९ वर्षे प्रहरी सेवामा इमानदार भएर काम गरेको भन्दै पार्टीमा पनि जिम्मेवारीअनुसारको काम इमानदारीपूर्वक गर्ने प्रतिबद्धता व्यक्त गरे ।
‘नैराश्यता अन्त्यका गर्दै एकदम इमान्दार व्यक्तिहरूको शक्ति एक ठाउँमा जेडिनु जरुरी छ, ’उनले भने, ‘देश परिवर्तन गर्नु छ भने रास्वपाबाट मात्रै सम्भव छ ।’
उनले अरु पुराना पार्टीले जनताबाट विश्वास गुमाइसकेको हुँदा जनताको आवाज सुन्ने पार्टीमा प्रवेश गरेको र आफू पदका लागि नआएको बताए ।

प्रतिक्रिया