काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा आज बसेको प्रधानमन्त्री र शीर्ष तीन नेताहरूसहितको बैठक सकिएको छ । बैठकमा फागुन २१ गते हुने चुनाव सम्पन्न गर्न वातावरण बनाउने समझदारी जुटेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । मङ्गलवार अपराह्न प्रधानमन्त्री सुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली…