जब कुनै व्यक्ति आफ्नो अनुभव, पद वा हैसियतलाई नै अन्तिम सत्य ठान्न थाल्छ, त्यहीँबाट बिनाश सुरु हुन्छ। प्रतिक्रिया सुन्न नसक्ने, आलोचनालाई व्यक्तिगत आक्रमण ठान्ने र असहमति देख्नेबित्तिकै अहंकार देखाउने व्यवहार हरेक क्षेत्रमा, हरेक संस्थामा र हरेक व्यक्तिमा लागू हुन्छ, जो आफूलाई सधैं सही ठान्छ र प्रतिक्रिया, सुझावलाई अपमान ठान्छ।
शेरबहादुर देउबा र गगन थापाको तुलना गर्दा नेपाली राजनीतिमा देखिएको एउटा गहिरो र पीडादायी उजागर हुन्छ १ लामो समय राजनीतिमा बिताउनु, धेरै पटक सत्ता सम्हाल्नु र अनुभव बटुल्नु आफैँमा गलत होइन। तर जब त्यो अनुभव आत्ममूल्याङ्कन बिना अहंकारमा बदलिन्छ, तब नेतृत्व क्रमश बोझ बन्छ।
शेरबहादुर देउबा र गगन थापाको तुलना यहाँ त्यसैको उदाहरण हो। एकतर्फ अनुभव छ, तर आत्मसमीक्षा गर्ने साहस कमजोर हुँदै गएको देखिन्छ। बारम्बार दिइएको सद्भावनापूर्ण सुझावलाई अपमान ठान्नु, म बिना केही चल्दैन भन्ने सोच पाल्नु र परिवर्तनलाई खतरा ठान्नु यी सबै व्यवहार अन्तत व्यक्तिलाई नै कमजोर बनाउँछन्।
गगन थापा गल्ती नगर्ने नेता होइनन्, तर उनी गल्ती स्वीकार्ने, आलोचना सुन्ने र आत्मसुधार गर्न तयार देखिन्छन्। यही गुणले उनलाई फरक बनाउँछ। तर उनले प्रतिक्रिया सुन्ने, प्रश्न स्वीकार्ने र समयसँगै आफूलाई सुधार्ने इच्छाशक्ति देखाएका छन्। गल्तीपछि पनि आफू सधैं सही छु भन्ने जिद्दी नै वास्तविक समस्या हो।
यो कुरा राजनीतिमा मात्र सीमित छैन।कार्यस्थलमा प्रतिक्रिया नसुन्ने व्यवस्थापक असफल हुन्छ। सुझाव अस्वीकार गर्ने व्यक्ति एक्लिन्छ।
जहाँ प्रतिक्रिया सुन्न गाह्रो लाग्छ, जहाँ म नै ठूलो देखिन्छ। तर त्यही क्षण आत्मचिन्तन नगरे परिवर्तन सम्भव हुँदैन।
नेतृत्व होस् वा व्यक्तित्व प्रतिक्रिया दुश्मन होइन, सुधारको ढोका हो र जसले त्यो ढोका बन्द गर्छ, उसले आफैँलाई सीमित गर्छ१
देशलाई चाहिने नेता त्यही हो, जो पद छोड्न पनि जान्दछ र भविष्यको बाटो खोल्न पनि। इतिहास सधैं सोध्छ तिमीले कुर्सी जोगायौ कि पुस्ता जोगायौ
आधिकारिक काँग्रेसका सभापति गगन थापा टिम लाई हार्दिक बधाई तथा शुभकामना।
देश र जनताको हितलाई केन्द्रमा राख्दै लोकतान्त्रिक मूल्य मान्यता, नैतिकता र पारदर्शिताको बाटोमा अघि बढ्न सधैं सफल रहोस् भन्ने कामना !

प्रतिक्रिया