काठमाडौँ । उन्नाइस वर्षमुनि (यु–१९) एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा न्यूजील्यान्डले नेपाललाई जितका लागि तीन सय तीन रनको बलियो लक्ष्य दिएको छ। दक्षिण अफ्रिकाको इस्ट लण्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको न्यूजिल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै तीन सय दुई रन बनायो। न्यूजिल्यान्डका स्नेहित रेड्डीले सर्वाधिक एक सय ४७…