इराकलाई हराउँदै जोर्डन एएफसी एशियन कपको अन्तिम आठमा

इराकलाई हराउँदै जोर्डन एएफसी एशियन कपको अन्तिम आठमा


काठमाडौं । एएफसी एशियन कप फुटबलमा जोर्डन क्वाटरफाइनलमा प्रवेश गरेको छ ।कतारमा जारी प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा दोस्रो हाफको अतिरिक्त समयमा २ गोल गरेपछि अन्ततः जोर्डन ३–२ को जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गर्न सफल भयो ।

पहिलो हाफको अतिरिक्त समयमा जोर्डनले गोल गर्दै अग्रता लिएको थियो । जोर्डनका यजान अब्दुल्लाह नल नेमातले गोल गर्दै अग्रता दिलाएका थिए । ६८ औं मिनेटमा साउद नाटेकले गोल गर्दै इराकलाई खेलमा फर्काएका थिए ।

७६ औं मिनेटमा आयमेन हुसेनले गोल गरेपछि इराक २–१ ले अघि बढेको थियो । तर, गोल पछिको सेलिब्रेसनका क्रममा दोस्रो पहेँलो कार्ड (रातो) पाउँदै मैदान छाड्न बाध्य भएका थिए। उनले त्यसअघि पहिलो हाफको अतिरिक्त तेस्रो मिनेटमा पनि पहेँलो कार्ड पाइसकेका थिए ।

१ गोलले पछि परेको जोर्डनका लागि दोस्रो हाफको अतिरिक्त पाँचौं मिनेटमा याजन अबो अलअरबले गोल गर्दै खेल बराबरी गरेका थिए । लगत्तै हम्जा अली खालिद अल दर्दौर रातो कार्ड पाउँदै मैदान छाडेपछि जोर्डन पनि १० खेलाडीमा झरको थियो ।

लगत्तै नाइजर महमुदले गोल गरेपछि नाटकीय रुपमा जोर्डन इराकलाई स्तब्ध बनाउँदै अन्तिम ८ मा प्रवेश गर्न सफल भयो ।