२ गोलको अग्रता जोगाउन नसक्दा शीर्ष स्थानको पीएसजी बराबरीमा रोकियो

२ गोलको अग्रता जोगाउन नसक्दा शीर्ष स्थानको पीएसजी बराबरीमा रोकियो


काठमाडौं ।

फ्रेन्च लिग वानमा शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेइन (पीएसजी) र ब्रेस्टले अंक बाँडेका छन्। आइतबार राति भएको खेलमा दुवै टिमले दुई दुई गोलको बराबरी खेल्दै एक अंक लिएका हुन्।

पीएसजीले २ गोलको अग्रता जोगाउन असफल भएको थियो। पीएसजीका लागि ३८ औं मिनेटमा मार्को एसेन्सियो र ४५ औं मिनेटमा रान्डाल कोलो मुनाइले गोल गर्दै पहिलो हाफमा सहज अवस्थामा पुर्याएका थिए।

ब्रेस्टले ५५ औं मिनेटमा महदी कमारा र ८० औं मिनेटमा माथिस परेराको गोलको मद्दतले खेल २–२ को बराबरीमा ल्याउँदै महत्वपूर्ण एक अंक थप्न सफल भयो। पीएसजी ४४ अंकका साथ शीर्ष स्थानमा रहँदा ब्रेस्ट ३५ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ। दोस्रो स्थानमा रहेको नाइसको ३८ अंक रहेको छ।

यस्तै, अर्को खेलमा लेन्सले टोलुसलाई २–० गोल अन्तरले पराजित गरेको छ। लेन्स तालिकाको आठौं स्थानमा छ भने टोलुस १४ औं स्थानमा छ। त्यसैगरी रेमिस र नान्टेसले गोलरहित बराबरी खेल्दा केलमन्ट र स्टार्सबर्गले एक एक गोलको बराबरी गरे। लोरेन्ट र लि हार्भेले तीन तीन गोलको बराबरी खेल्दै अंक बाँड्दा मोन्ट पिलर र लिलेले गोलरहित बराबरी खेलेका थिए।