एमएसएमलाई ‘पुजार सार्की’को अन्तर्राष्ट्रिय वितरण अधिकार

एमएसएमलाई ‘पुजार सार्की’को अन्तर्राष्ट्रिय वितरण अधिकार


काठमाडौं ।

फिल्म ‘पुजार सार्की’को अन्तर्राष्ट्रिय वितरण अधिकार एमएसएस इन्टरटेनमेन्टले लिएको छ। यो कम्पनीले नेपालबाहेकको थिएट्रिकल अधिकार आफूले लिएको हो।

फिल्मका निर्देशक दिनेश राउतले फिल्मको फस्टलुक सार्वजनिक हुनासाथ चर्चा पाएपछि कम्पनीले राम्रो मूल्यमा वितरण अधिकार लिएको बताए। तर कति रकममा सम्झौता भएको हो भन्ने उनले खुलाएनन्। फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय हुनेछ। फिल्ममा अभिनेत्रीका रुपमा अञ्जना बराइली र परीक्षा लिम्बु छन्।

फिल्मको छायांकन मंगलबारदेखि कास्कीका कास्कीकोट गाउँबाट सुरु हुँदैछ। निर्देशक राउतका अनुसार फिल्मले जातीय विभेदविरुद्ध समाजका तीन पात्रले गर्ने संघर्षलाई देखाउनेछ । फिल्ममा विकास सुवेदीको लेखन छ।

फिल्ममा, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय हुनेछ।