मुम्बई ।
बलिउड अभिनेता कार्तिक आर्यन आइतबार सम्भावित एक दुर्घटनाबाट जोगिएका छन्। गुजरातमा भएको फिल्मफेयर अवार्डमा सहभागी हुन पुगेका आर्यनले आफ्ना फ्यानलाई अभिवादन गर्ने क्रममा फ्यानले ब्यारिकेड तोडेका थिए। ब्यारिकेड तोडिएर फ्यान भुइँमा लडेपनि कार्तिकलाई भने केही भएन।
उक्त दृश्यको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भिडियोमा कार्तिक फ्यानलाई भेट्न गएका छन्। त्यो बेला उत्साहित फ्यानको भीडले ब्यारिकेड तोडेपछि उनीहरु एकअर्कामाथि लडेका हुन्। कार्तिकलाई देख्नासाथ कार्तिकतिर फ्यान आउन खोजेपछि ब्यारिकेड लडेको थियो।
ब्यारिकेड लड्नासाथ कार्तिक पछाडि सरेर आफूलाई सुरक्षित स्थानमा राखेका थिए। समाचार अनुसार उक्त दुर्घटनामा केही फ्यान घाइते भएका छन्। आयोजक र प्रहरीले तुरुन्तै स्थानलाई नियन्त्रण लिएको थियो । जसकारण त्यहाँ भागदौड हुन पाएन।
कार्तिकले अवार्डमा आफ्नो प्रस्तुति पनि दिएका थिए। कालो टी–सर्टवाला कोट र त्यस्तै पेन्टमा उनी आकर्षक देखिएका थिए। कार्तिक हाल फिल्म ‘चन्दु च्याम्पियन’को सुटिङमा व्यस्त छन्।
प्रतिक्रिया