हेटौडा । सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०८० को उपाधिका लागि सशस्त्र प्रहरी (एपीएफ) र न्यूरोड टीम (एनआरटी) खेल्ने भएका छन्। मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडा–६, गौरीटारस्थित मैदानमा जारी प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ। प्रतियोगिताको विजेताले नगद १५ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ। फाइनल पुगेका दुवै टिम…