चीनसँगको मैत्रीपूर्ण फुटबलमा नेपाली टिम विजयी

चीनसँगको मैत्रीपूर्ण फुटबलमा नेपाली टिम विजयी


काठमाडौं ।

चिनियाँ नयाँ वर्षका अवसरमा आयोजित चीन–नेपाल मैत्रीपूर्ण फुटबलमा नेपालले जितेको छ । दशरथ रंगशालामा शनिबार नेपाली टिमले ५–१ गोलको फराकिलो अन्तरले जित हात पारेको हो।

नेपाली युवा फुटबल टिम र चिनको छिङघाई युवा फुटबल टिम बीचको खेलको उद्घाटन राष्ट्रिय सभाअध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गरेका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै उनले खेलमा जुनसुकै टिमको जितहार भए पनि नेपाल–चीन बीचको सम्बन्न्धले जित्ने बताए।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सङले दुई देशको सम्बन्धलाई प्रगाढ बनाउने क्रममा नयाँ वर्षका अवसरमा फुटबल आयोजना गरिएको बताए।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ लगायत परिषद्का सदस्यहरुको उपस्थिति थियो। काठमाडौंस्थित चिनियाँ राजदूतावास र राष्ट्रिय खेलकुद परिषदको आयोजनामा खेल भएको हो।