काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले खेलकुद क्षेत्रमा बजेटको सिलिङ बढाउने बताएका छन्। उनले आर्थिक वर्ष ०८१–८२ को बजेटमा खेलकुद क्षेत्रलाई माथि लैजान सक्ने गरी निर्माण गर्न आफूहरु गम्भीर भएर लागेको जानकारी दिए। बुधबार सिंहदरबारमा आयोजित राष्ट्रिय खेलकुद प्रतिभा एवं खेल पत्रकारिता पुरस्कार तथा सम्मान कार्यक्रममा उनले खेलकुद क्षेत्रको विकास र प्रबर्द्धनका लागि…