पीएसएलमा पेशावर जाल्मीको पहिलो जित

पीएसएलमा पेशावर जाल्मीको पहिलो जित


काठमाडौं ।

पाकिस्तान सुपर लिग क्रिकेट (पीएसएल)मा पेशावर जाल्मीले पहिलो जित दर्ता गरेको छ। लगातार दुई खेलमा पराजित भएको पेशावरले शुक्रबार राति भएको खेलमा मुल्तान सुल्तानलाई ५ रनले पराजित गरेको हो।

मुल्तानको भने पहिलो हार हो। मुल्तानले खेलेका चार मध्य ३ खेलमा जित निकाल्दै शीर्ष स्थानमा छ। शुक्रबार राति पेशावरले पहिला ब्याटिङ गर्दै ८ विकेट गुमाएर १७९ रन बनाएको थियो। पेशावरका लागि हसिबुल्लाह खानले सर्वाधिक ३७ रन बनाउँदा कप्तान बाबर आजमले ३१ रन जोडेका थिए।

यसैगरी रोभमन पावेलले २३ रन जोड्दा मोहम्मद हेरिसले १९ रन बनाए। त्यस्तै, पौल वाल्टरले १६ रन र लुक वुडले १७ रनको नटआउट पारि खेले। मुल्तानका डेभिड वेली, मोहमम्द अली र उस्मा मिरले समान दुई, दुई विकेट लिए।

जवाफी लक्ष्यसहित मैदान उत्रिएको मुल्तान २० ओभरमा सबै विकेट गुमाएर १७४ रनमा रोकिन पुग्यो। मुल्तानका लागि डेभिड मलानले ५२ रनको आक्रामक पारि खेलेका थिए भने यासिर खानले ४३ रन बनाए। रेजा हेन्ड्रिकले २८ रन जोड्दा इफ्तिकर अहमदले १६ रन बनाए। पेशावरका लागि आरिफ याकुवले तीन तथा लुकी वुड, नभिन उल हक र सल्मान इस्रिदले समान दुई, दुई विकेट लिए।