वाफ वुमन्स च्याम्पियनसिप : नेपाल आज प्यालेस्टाइनसँग भिड्‌दै

वाफ वुमन्स च्याम्पियनसिप : नेपाल आज प्यालेस्टाइनसँग भिड्‌दै


काठमाडौँ ।

नेपाल साउदी अरेबियामा जारी पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिप अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले आज अन्तिम खेल खेल्दै छ।

नेपालले आज प्यालेस्टाइनसँग खेल्दै छ। नेपाल र प्यालेस्टाइन यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेका छन्। प्यालेस्टाइनले आफ्नो दोस्रो खेलमा सिरियालाई पराजित गरेसँगै समुह (बी) बाट नेपाल र प्यालेस्टाइनले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका हुन्।

अब समुह चरणको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनको सामना गर्ने छ भने सिरियाले इराकको सामना गर्नेछ। यो खेलपछि समुह विजेता र उपविजेताको टुंगो लाग्ने छ। त्यसैगरी समुह (ए) बाट पनि सेमिफाइनलमा पुग्ने देशको टुंगो लागेको छ। समुह (ए) बाट जोर्डन र लेबनान सेमिफाइनलमा पुगेका छन्।