नामिबिया र नेदरल्याण्ड्स प्रतिस्पर्धा गर्दै

नामिबिया र नेदरल्याण्ड्स प्रतिस्पर्धा गर्दै


काठमाडौं ।

आइसीसी विश्व कप लिग टू क्रिकेटमा आज नामिबिया र नेदरल्याण्ड्स भिड्दै छन्। नामिबिया र नेदरल्याण्ड्सबीचको खेल आज बिहान साढे ९ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुुरुहुने छ। तर, काठमाडौंमा बिहीबार अपरान्ह पानी परेकाले खेल ढिला गरी सुरु हुन सक्ने सम्भावना रहेको छ।

लिग २ मा नामिबिया नेदरल्याण्ड्ससँग पहिलो खेलमा पराजित भएको थियो भने नेपालविरुद्ध भने दुवै खेल जित्दै शीर्ष स्थानमा रहेको छ। नेदरल्याण्ड्स नेपालसँग पराजित भएको थियो भने नामिबियालाई पराजित गरेको थियो।

विश्वकप लिग टूमा ८ टिमले प्रतिस्पर्धा गरेका छन्। जसको शीर्ष चारमा पर्ने टिमले विश्वकपको ग्लोबल क्वालीफायरमा प्रतिस्पर्धा गर्ने छन्। आइसीसीका अनुसार लिग–२ मा शिर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडी रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन्। आजको खेलपछि सिरिजको अन्तिम खेलमा आइतबार नेपालले नेदरल्यान्ड्सको सामना गर्ने तालिका रहेको छ।