डिग्री माइला : एमए थर्ड क्लास’को ‘सुस्त सुस्त’

डिग्री माइला : एमए थर्ड क्लास’को ‘सुस्त सुस्त’


काठमाडौं ।

निर्देशक रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइलाः एमए थर्ड क्लास’को पहिलो गीत ‘सुस्त सुस्त’ सार्वजनिक भएको छ। गीतको भिडियोमा अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्मा फिचर्ड छन्।

गीतमा एसडी योगीको संगीत तथा दिल्लु चम्लागाईको शब्द तथा संगीतकार योगी र विज्ञानी पराजुलीको स्वर छ। गीतको भिडियोमा युमी बलामीको कोरियोग्राफी र निर्देशक रेनेशा वान्तवा राईको डिरेक्टर अफ कोरियोग्राफी रहेको छ।

बाँसुरी फिल्मसले कबड्डी फिल्मस् र सुस्मा फिल्मस्सँग सहकार्य गर्दै निर्माण गरेको फिल्मले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ।

यही नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ। फिल्ममा दयाहाङ र आँचलका अलवा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय छ।

फिल्मले ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई ट्यागलाइन बनाएको छ। फिल्म आगामी नेपाली नयाँ वर्षमा रिलिज हुनेछ। फिल्ममा निमेष श्रेष्ठको सम्पादन, रोहित शाक्यको पाश्र्व संगीत, शिवराम श्रेष्ठ र राइली एस शिनको छायांकन छ।