काठमाडौँ । आईसीसी लिग–२ मा यूएईले नेपाललाई ३११ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा यूएईले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा ३१० रन बनाएको हो। यूएईको लागि अविजित रहेका आसिफले ४२ बलमा १०१ रनको योगदान गरे। उनले ४१ बलमा ४ चौका र ११ छक्का प्रहार गर्दै शतक पूरा गरे।…