काठमाडौँ । वेस्ट ह्याम युनाइटेड युरोपा कन्फ्रेन्स लिगको च्याम्पियन बनेको छ। इटालियन क्लब फियोरेन्टिनालाई २–१ ले पराजित गर्दै इंग्लिस क्लब वेस्ट ह्याम कन्फ्रेन्स लिगको च्याम्पियन बनेको हो। चेक रिपब्लिकमाको फोर्टुना एरिना प्राहामा बुधबार राति भएको खेलको पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको थियो। तर, दोस्रो हाफको ६२औं मिनेटमा सेड बेनरहमाले पेनाल्टीमा गोल गर्दै वेस्ट ह्यामलाई १–०…