अस्ताए महाभारतका शकुनी मामा गुफी

मुम्बई । महाभारतमा शकुनीको भूमिका निभाएर चर्चित बनेका अभिनेता गुफी पेन्टलको सोमबार बिहान निधन भएको छ। उनी ७८ वर्षका थिए। पेन्टल ८ दिनयता मुम्बईस्थित अँधेरी अस्पतालमा भर्ना भएका थिए। उनलाई हृदय र मृगौला सम्बन्धी समस्या थियो। गुफीका भतिज हितेन र महाभारतमा उनका साथी कलाकार सुरेन्द्र पालले निधनको पुष्टि गरेका छन्। उनको आज ४ बजे अन्तिम…