साफ च्याम्पियन्ससिप : पहिलो हाफमा नेपाल २ गोलले पछि

काठमाडौँ । साफ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल कुवेतसँग पहिलो हाफमा २ गोलले पछि परेको छ। भारतको बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा भएको खेलमा कुवेतले नेपालविरुद्ध २ गोल गरेको छ। खेलको पहिलो हाफ सकिदा कुवेतले खेलमा २–० गोलको अग्रता लिएको छ। खेलको २३औं मिनेटमा कुवेतले अग्रता लियो। कुवेतका लागि कप्तान खालिद हाजियाले गोल गरे।…