ब्रेकअपपछि पहिलो पटक सँगै देखिए टाइगर श्राफ र दिशा पटानी

ब्रेकअपपछि पहिलो पटक सँगै देखिए टाइगर श्राफ र दिशा पटानी


मुम्बई ।

हालै दिशा पटानी र टाइगर श्राफ दिल्लीको एक कार्यक्रममा सँगै देखिएका छन्।

ब्रेकअपपछि दिशा–टाइगर पहिलो पटक सार्वजनिक रूपमा सँगै देखिएका हुन। यस सम्बन्धमा एउटा भिडियो पनि सामाजिक सञ्जालमा आएको छ। रिपोर्टका अनुसार दिशा र टाइगर कार्यक्रममा सहभागी हुन मुम्बईबाट दिल्ली पुगेका थिए।

भिडियोमा दिशा र टाइगर कार्यक्रममा एक अर्काको छेउमा बसेर कुराकानी गरिरहेको देखिन्छ। यस बाहेक दिशा र टाइगर एयरपोर्ट पुगेका भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भएको छ। तर, दुवैले पापाराजीलाई फरक–फरक पोज दिए। टाइगरले क्यामेराको लागि पोज दिँदा दिशा पछाडि उभिरहेकी थिइन्। टाइगरपछि दिशा क्यामेराको अगाडि आइन् र पोज दिइन्।

कार्यक्रममा टाइगर श्राफले कालो टि–सर्ट र कालो प्यान्ट लगाएका थिए। दिशा पटानीले यसलाई बैजनी क्रप टप, सेतो प्यान्ट र स्नीकर्समा स्टाइल गरेकी थिइन्। दुबैले सनग्लास पनि लगाएका थिए। कार्यक्रममा टाइगरकी बहिनी कृष्णा श्राफ दिशाको छेउमा बसेकी थिइन्।

त्यही समयमा टाइगर श्राफकी आमा आयशा श्राफ छोराको पछाडि बसिरहेकी थिइन्। यिनीहरुका अलावा ड्यानी डेन्जोङ्पाका छोरा रिङ्जिङ डेन्जोङ्पा पनि कार्यक्रममा उपस्थित थिए।