काठमाडौँ । नेपाल र म्यानमारबीच शुक्रबार भएको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा टुङ्गिएको छ। म्यानमारमा भएको उक्त मैत्रीपूर्ण खेलमा दुवै टोलीले खेलको निर्धारित समयसम्म गोल गर्न नसकेपछि खेल बराबरीमा टुङ्गिएको हो। नेपालका अञ्जन विष्टले पेनाल्टी अवसरलाई गुमाए। उनले खेलको दोस्रो हाफमा पाएको पेनाल्टी अवसरलाई सदुययोग गर्न सकेनन्। खेलको ५८औँ मिनेटमा अञ्जनकै प्रहारलाई म्यानमारका खेलाडीले…