दसौँ छायाछबि तीज अवार्डबाट तीन सञ्चारकर्मी र एक कलाकार सम्मानित 

दसौँ छायाछबि तीज अवार्डबाट तीन सञ्चारकर्मी र एक कलाकार सम्मानित 


काठमाडौँ ।

छायाँछवि तिज म्युजिक अवार्ड–२०८०” भव्यरूपमा सम्पन्न भएको छ। विगत १० वर्षदेखि आयोजना हुँदै आएको छायाँछबी तीज म्युजिक अवार्ड शनिवार राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको हो।

तारेकेश्वर नगरपालिकाका उपप्रमुख श्रृजना बुर्लाकोटी अर्यालको प्रमुख आतिथ्ययतामा सम्पन्न भएको कार्यक्रममा वरिष्ठ चलचित्र अभिनेत्री बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ, गीतकार भरत बम्जन,  संगीतकार सन्तोष क्षेष्ठ, चलचित्र  निर्माता तथा वितरक गोपालकाजी कायस्थ, गायक तथा चित्रकार ज्योती प्रकाश, कलाकार श्रीदेव भट्टराई, सानिया खान, लिगेश भट्टराई, सामना शाह लगायतका व्यक्तित्वहरूको सहभागिता रहेको थियो। 

कार्यक्रममा लामो समयदेखि विभिन्न क्षेत्रमा विशिष्ट योगदान दिएका चार जना महिलाहरूलाई  छायाँछवी तिज नारी सम्मान प्रदान गरिएको थियो। सम्मानित हुनेहरूमा चलचित्र अभिनेत्री रश्मी भट्ट, सञ्चारकर्मी कमला जोशी, गीतकार-सञ्चारकर्मी कृष्णदेवी आचार्य “रोशनी” र सञ्चारकर्मी सवी कार्की खड्का रहेका छन्। 

उक्त कार्यक्रममा २६ वटा विद्यामा अवार्ड प्रदान गरिएको थियो।कार्यक्रममा क्रियशनका अध्यक्ष शान्तिप्रियले चाडबाडका नाममा हुने विकृति विसङ्गति रोक्दै आफ्नै मौलिक परम्परा जोगाउने किसिमका गीतसङ्गीतहरू नेपाली दर्शक माझ पस्कन र कलाकारहरूलाई थप ऊर्जा मिलोस् भन्ने उद्देश्य दश वर्ष देखि कार्यक्रम आयोजना गरिएको बताए।सोही कार्यक्रममा दरको पनि व्यवस्था गरिएको थियो।