कामठाडौँ ।
एसिया कप क्रिकेटमा बङ्लादेशले भारतलाई ६ रनले हराएको छ। हिजो भएको सुपर फोरको अन्तिम खेलमा भारत बङ्लादेशसँग पराजित भएको हो।
जितका लागि २ सय ६६ रनको लक्ष्य पछ्याएको भारत ४९ ओभर ५ बलमा २ सय ५९ रनमा अलआउट भयो। उसका शुभमन गिलले सर्वाधिक एक सय २१ रनको शतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन्। बङ्लादेशका मुश्ताफिजुर रहमानले ३ विकेट लिए।
त्यस्तै, तान्जिम हसन सकिब र मेहेदी हसनले समान २–२ विकेट लिए। त्यसअघि कोलोम्बोमा टस हारेर पहिला ब्याटिङ गरेको बङ्लादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६५ रन बनाएको थियो। बङ्लादेशका कप्तान सकिब अल हसनले सर्वाधिक ८० रन बनाए। तौहिद हृदोयले ५४ रनको अर्धशतकीय पारी खेले।
भारतका शार्दुल ठाकुरले ३ तथा मोहम्मद शामीले २ विकेट लिए। एसिया कपमा भारत र श्रीलङ्का उपाधिका लागि खेल्ने यसअघि नै तय भइसकेको छ।
प्रतिक्रिया