मेलबर्न अष्ट्रेलिया ।
अष्ट्रेलिया टुरमा रहेको लोकरक ब्याण्ड नेपथ्यलेआज डार्बिनमा सांगीतिक कार्यक्रम गर्दैछ । नेपथ्य ‘म्युजिक फर ह्युम्यानिटी’ अष्ट्रेलिया टुर २०२३ नाम दिइएको यो सांगीतिक यात्रा डार्बिनस्थित इन्टरटेनमेन्ट सेन्टरबाट सुरु हुँदैछ।
उक्त कार्यक्रमका लागि नेपथ्यको टिम डार्बिन पुगिसकेको छ। डार्बिनलाई संगीतमय बनाउन अमृत गुरुङलाई सधैँजस्तै ड्रममा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले साथ दिने छन्।
आजबाट सुरु हुने उक्त कन्सर्ट अष्ट्रेलियाका आठ सहरमा आयोजना हुनेछ।
‘मानवताका लागि संगीत’ नामको सांगीतिक अभियान यात्रामा नेपथ्यले हालै एक महिना लामो देशव्यापी यात्रा गरेको थियो। अपेक्षाकृत सफलता सहित सम्पन्न सो यात्राले संगीतको माध्यमबाट मानवता प्रवर्द्धन गर्न सफल भएको जस पाएको थियो । सोही सांगीतिक यात्राबाट प्रेरित भएर नेपथ्यले अष्ट्रेलिया टुर गरेको हो।
चार वर्षअघि नेपथ्यले अष्ट्रेलियाका चार सहरमा कन्सर्ट गरेको थियो।
प्रतिक्रिया