बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु

काठमाडौँ । सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी कार्यालयमा जारी बैठकमा भावी राष्ट्रपति, गठबन्धनभित्र देखिएको अविश्वाससहितका विषयमा छलफल भइरहेको छ । आगामी २५ फागुनमा हुने राष्ट्रपतिको निर्वाचनमा उठाउने उम्मेदवारका विषयमा विशेष रुपमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् । बिहीबार नै संयन्त्रको बैठक बस्ने भनिएको समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल…