पोखराको फेवातालमा डुंगा बेपत्ता

पोखराको फेवातालमा डुंगा बेपत्ता


काठमाडौँ ।

हावाहुरीका कारण पोखराको फेवातालमा एक डुंगा डुबेर बेपत्ता भएको छ। डुंगामा कति जना सवार थिए भन्ने खुलि नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। डुंगा बेपत्ता भएको वडा प्रहरी कार्यालय, बैदामका प्रहरी नायब उपरीक्षक वेद जोशीले पुष्टि गरेका छन् ।

अहिले फेवामा सशस्त्र, नेपाल प्रहरी र डुंगा व्यवसायीहरु बेपत्ता डुंगाको खोजीमा लागेका छन् ।