आम जनता पार्टीले रामचन्द्र पौडेललाई समर्थन गर्ने

आम जनता पार्टीले रामचन्द्र पौडेललाई समर्थन गर्ने


काठमाडौँ ।

आम जनता पार्टीले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गरेको छ।

आजपा प्रवक्ता चन्द्र भूषण साहले पौडेलको उम्मेदवारीलाई समर्थन गर्दै उनलाई मतदान गर्ने बताए। ‘राष्ट्रिय एकताको साझा प्रतीक बन्नी देश र जनताको सर्वोपरि हित बमोजिम आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुहुनेछ भन्ने गहिरो अपेक्षा एवं विश्वास सहित जीतको अग्रिम बधाई एवं शुभकामना समेत व्यक्त गर्दछु,’ साहले भने।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको चौथो राष्ट्रपति (राष्ट्राध्यक्ष) पदका लागि २५ फागुनमा मतदान हुने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ। निर्वाचनमा आठ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल र एमालेबाट सुवासचन्द्र नेम्वाङ्ले उम्मेदवारी दिएका छन्।