दिदीबहिनी समाज भिक्टोरियाले मेलबर्नको  रिभरवाक भिलेज पार्कमा आज ‘होली विषेश’ कार्यक्रम गर्दै

दिदीबहिनी समाज भिक्टोरियाले मेलबर्नको  रिभरवाक भिलेज पार्कमा आज ‘होली विषेश’ कार्यक्रम गर्दै


मेलबर्न अष्ट्रेलिया ।

रंगहरुको पर्व होलीको अवसरमा दिदीबहिनी समाज भिक्टोरियाले आज ‘होली विशेष’ कार्यक्रमको आयोजना गरेको छ । समाजले मेलबर्नको रिभरवाक भिलेज पार्क मा ‘होली विशेष कार्यक्रमको आयोजना गरेको हो । 

न्यू कन्सेप्ट फाइनान्स र गोलोबल मार्क एजुकेशनले सहयोग गरेको उक्त कार्यक्रम आज दिउँसो ४ बजेसम्म हुने दिदीबहिनी समाज भिक्टोरियाले जानकारी दिएको छ । समाजले मेलबर्नमा रहेका सम्पुर्ण नेपालीवासीलाई उक्त कार्यक्रममा सहभागी भई होलीको रंगसँग एक आपसमा खुसीयाली साट्न आग्रह गरेको छ । 

होलीमा विभिन्न रङ, अबिर र लोला खेलेर मनाउने परम्परा छ । आपसमा खुसी साटासाट गर्दै मनाइने यो पर्वको बेग्लै धार्मिक, साँस्कृतिक र सामाजिक महत्त्व छ । होली पर्वलाई मेलमिलाप र सद्भावको पर्वको रूपमा पनि लिइन्छ ।

होली पर्व असत्यमाथि सत्यको विजय उत्सवको रूपमा रङ दलेर मनाउने गरिएको धार्मिक मान्यता छ । आसुरी शक्तिकी द्योतक होलीकालाई आगोले भष्म गरी सत्यवादी भक्त प्रल्हादको उद्धार भएको धार्मिक कथनसँग जोडेर पनि यो पर्व मनाउने गरिएको छ ।