अमेरिकामा अस्मिताका ४५ दिन : विभिन्न १२ सहरमा कन्सर्ट

टेक्सस, अमेरिका । चर्चित गायिका अस्मिता अधिकारीले अमेरिकाका १२ वटा सहरमा कन्सर्ट सम्पन्न गरेकी छन्। ’यूएसए फर्स्ट म्युजिकल यात्रा–भोल्युम वन’ नाममा भएको कन्सर्ट न्यूयोर्क, बोस्टन, सियाटल, सान फ्रान्सिस्को, डलास, एटलान्टा, साक्रामेन्टो, एक्रोन, कोलम्बस र ह्यारिसबर्गमा सम्पन्न भएको हो। नेपालीको मुख्य पर्वहरुमध्ये दसैँ र तिहारको अवसरमा अक्टोबर २१ मा टेक्ससको डलासबाट सुरु भएको कन्सर्ट नोभेम्बर २५…